kumari
stcnepal

राप्रपाको आज काठमाडौंमा शक्ति प्रदर्शनसहितको आमसभा

काठमाडौँ । आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शनसहितको आमसभा गरेको छ । आमसभा अहिले काठमाडौंको खुलामञ्चमा भईरहेको छ ।

आमसभालाई सम्बोधन गर्न अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्व अध्यक्षहरू पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, नेता कुन्ती शाही, रेखा थापा लगायतका नेताहरू खुलामञ्चमा पुगेका छन् । उनीहरुले सभालाई सम्बोधन गर्ने छन् ।

आमसभा सुरु हुनुअघि सो पार्टीका नेता तथा कार्यकर्ताले काठमाडौंका विभिन्न स्थानबाट झाँकीसहितको र्याली निकालेका थिए । चुनावको मुखमा राजधानीमा आफ्नो शक्ति देखाउने उद्देश्यका साथ राप्रपाले आज आमसभा गरेको राप्रपाका एक नेताले बताएका छन् ।

 

footer