kumari
stcnepal

नेपाल बारको अध्यक्षमा घिमिरेले मारे बाजी

नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वमा सत्ता गठबन्धन निकट बृहत् लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूह विजयी भएको छ ।

वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले ४ हजार ४७४ मत ल्याएर विजयी भएका हुन् । नेकपा एमाले निकट प्रगतिशील तथा पेशागत कानून व्यवसायी समूहका उम्मेदवार वरिष्ठ अधिवक्ता विष्णुमणि अधिकारी (२४८२) लाई पराजित गर्दै घिमिरे अध्यक्षमा विजयी भए ।


त्यसै गरी प्रदेश नम्बर १ बाट उपाध्यक्षमा अधिवक्ता सुरज खत्री, मधेश प्रदेश बाट सुधीरकुमार कर्ण, बागमती बाट हर्कबहादुर रावल, गण्डकी बाट वीरेन्द्र केसी, लुम्बिनी बाट पशुपति भण्डारी, कर्णाली बाट उत्तमप्रसाद आचार्य र सुदूरपश्चिम बाट तुलाराम गिरी निर्वाचित भएका छन् ।

महिला खुलातर्फ बाट उपाध्यक्षमा आशा राई निर्वाचित भएकी छन् । महासचिवमा अन्जिता खनाल र कोषाध्यक्षमा भरतबहादुर राउत विजयी भएका छन् ।

 

 

 

footer