kumari
stcnepal

कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी, समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकार बाट हट्ने

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने भएको छ । स्थानीय तह निर्वाचनका लागि आचारसंहिता लागु हुनुअघि कांग्रेस दुई मन्त्री र एक राज्यमन्त्री लिएर प्रदेश सरकारमा सहभागी हुने भएको हो ।

कांग्रेस बाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला र गोविन्द बोहोरा सामाजिक विकासमन्त्री हुनेछन् । टेकबहादुर रैका सामाजिक विकास राज्यमन्त्री बन्नेछन् ।कांग्रेसका मन्त्रीहरुका लागि एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री सरकार बाट हट्नेछन् । हाल सरकारमा रहेका भौतिक पूर्वाधार विकासमन्त्री दिर्घ सोडारी बाहेक अरु मन्त्री फेरिने एकीकृत समाजवादीले जनाएको छ ।

आन्तरिक मामिलामन्त्री पूर्णा जोशी, समाजिक विकासमन्त्री लालबहादुर खड्का र राज्मन्त्री मनाकुमारी साउद पनि फिर्ता हुनेछन् । एकीकृत समाजवादीले आर्थिक मामिलामन्त्री तारा लामा फिर्ता बोलाएको छ । उनको स्थानमा समाजवदीकै प्रकाश रावल जानेछन् । राज्यमन्त्री जुनकुमारी चौधरी फिर्ता हुनेछन् । उनको स्थानमा नयाँ राज्यमन्त्री पठाइनेछ ।

 

 

 

footer