kumari
stcnepal

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्यो

काठमाडौं । सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेको छ । डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक दिइएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

एक मन्त्रीका अनुसार बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमै गभर्नर अधिकारी बारे प्रश्न उठेको थियो । विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशन सम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लागेकाले गभर्नर बारे अध्ययन गर्न मन्त्रीहरुको अनौपचारिक टिम नै बनेको थियो ।

त्यो टोलीमा गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनादर्न शर्मा, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री पम्फा भुसाल, स्वास्थ्यमन्त्री विरोध खतिवडा र संघीय मामिलामन्त्री राजेन्द्र श्रेष्ठ छन् ।

 

 

 

footer