kumari
stcnepal

नवप्रवेशी गुजरात टाइटन्सको रोमाञ्चित जित

काठमाडौं । इन्डिएन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले रोमाञ्चित जित हासिल गरेको छ । गुजरातको यो लगातार तेस्रो जित हो । शुक्रबार राति मुम्बईमा भएको खेलमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरातले रोमाञ्जित जित निकालेको हो ।

पन्जाबले गुजरातलाई १९० रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो । गुजरातको जितका लागि सुबमन गिलले एक्लै ९६ रनको योगदान गरे । शाइ सुधर्शनले ३५ रन र कप्तान हार्दिक पान्डेले २७ रन बनाए । निकै रोमाञ्चित खेलको दुई बल बाँकी हुँदा गुजरातलाई जितका लागि १२ रन आवश्यक थियो । ब्याटिङमा डेभिड मिलर र राहुल टेवाटिया थिए ।

स्ट्राइकमा रहेका राहुलले पाँचौं बलमा छक्का प्रहार गरे । अब एक बलमा ६ रन आवश्यक भयो । अन्तिम बलमा पनि उनले छक्का नै प्रहार गरेपछि गुजरातले रोमाञ्चित जित निकालेको हो । पन्जाबका कागिसो राबडाले २ तथा राहुल चाहरले १ विकेट लिए । पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो ।पन्जाबका लियाम लिभिङस्टोनले ६४ रन, शिखर धवनले ३५, जितेश शर्माले २३ रन, राहुल चाहरले २२ रनको योगदान गरे ।

गुजरातका राशिद खानले महत्वपूर्ण ३ तथा दर्शनले २ विकेट लिएका थिए । लगातार तीन खेलमा अपराजित रहँदै ६ अंक जोडेको गुजरात दोस्रो स्थानमा उक्लिएको छ ।

 

 

footer