kumari
stcnepal

टावरमा अर्बौं र गेट बनाउन करोडौं रकम खर्च भएको छ : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहमा विना काम टावर (भू टावर) बनाउन अर्बौ खर्च हुने गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले टावरमा अर्बौं र गेट बनाउन करोडौं रकम खर्च भएको भन्दै असन्तुष्टि जनाए । ‘यस बीचमा विना कामको टावरम अर्ब रुपैयाँ खर्च हने गरेको छ, गेट बनाउने काममा करोड रुपैयाँ खर्च भएको छ । हामीले तीनै अर्ब र करोड रुपैयाँ बेरोजगार युवालाई, सीप र तालिम नसिकेका मान्छेलाई तालिम सिकाउने काममा लगाएको भए दिएको भए हजारौं हजारको कल्याण हुने थियो’ उनले भने ।

त्यस्तै भ्यूटावर र गेट बनाउन खर्च गरेको रकम युवाहरुलाई निर्ब्याजी ऋण दिएको भए मानिसहरु गास बासको समस्याले छटपटिनुपर्ने अवस्था नआउने उनको भनाइ छ । नेता नेपालले भने, ‘सरकारको एक एक पैसाको राम्रो सदुपयोग हुनुपर्छ ।’

 

 

footer