kumari
stcnepal

मुख्य रजिष्ट्रार कुँवरलाई ३ दिन भित्रमा रमानापत्र लिन कामु प्रधानन्यायाधीशको निर्देशन

काठमाडौं । कामू प्रधानन्यायाधीश दीपककुमार कार्कीले मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई न्यायपरिषदको निर्णय अनुसार नियुक्तिपत्र लिन र तोकिएको ठाउँमा गएर जिम्मेवारी सम्हाल्न निर्देशन दिएका छन् । सर्वोच्च अदालत प्रशासनले कुँवरको नाममा रमानापत्र समेत तयार पारिसकेको छ ।

‘उहाँलाई तीन दिन भित्र रमानापत्र लिन र उच्च अदालत पाटनमा गएर जिम्मेवारी सम्हाल्न कामू प्रधानन्यायाधीशज्यू बाट निर्देशन भएको छ’ सर्वोच्च अदालत स्रोतले भन्यो, ‘त्यसका लागि सबै कागजात तयार भइसकेको छ ।’ न्यायपरिषदले मुख्य रजिष्ट्रार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको थियो । कुँवर भने वरियता क्रममा एक तहमुनिको पदमा नजाने भन्दै उच्च अदालतको मुख्य न्यायाधीश पद मागिरहेका छन् । न्यायाधीशमा जानुको साटो आफू बरु मुख्यन्यायाधीश पदमा बसिरहने उनको अडान छ ।

कामू प्रधानन्यायाधीश निकट स्रोतका अनुसार, लामो समय देखि आफूहरु सँग समन्वय नगरेको र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्ष लिएको आरोप कुँवर माथि छ । तर कुँवरले भने आफूले पेशागत धर्म निर्वाह गरेको र त्यस क्रममा प्रधानन्यायाधीश जबराको पक्षपोषण गरेको जस्तो देखिएको भनी आफ्नो बचाउ गरिरहेका छन् । कुँवर बाट न्यायप्रशासनको नेतृत्व हुन नसक्ने र उनी माथिका कतिपय गुनासा छानविन हुने भन्दै कामू प्रधानन्यायाधीश कार्कीले उनलाई न्यायाधीशको नियुक्ति लिएर जान आग्रह गरेका हुन् ।

 

 

footer