kumari
stcnepal

नौ महिनामा नै देशलाई कंगाल बनाए : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले नौ महिनामा देशलाई कंगाल बनाएको बताएका छन् । शनिबार बागलुङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारले नौ महिनामै देशलाई कंगाल बनाएको पनि बताए । ‘नौ महिनामा देशलाई कंगाल बनाए’, ओलीले भने, ‘हामी अत्यन्तै विद्धान, साहसी र खोज अनुसन्धानकर्ता पुर्खाका सन्तान हौ’, ओलीको भनाइ छ । उनले नेपालको अर्थतन्त्र धराशयी भएको अवस्थामा कसरी बचाउने भनेर सुझाव दिने गभर्नरलाई निलम्बित गरी सरकारले आफ्नो कमजोरी ढाकछोप गरेका बताए । आफु सर्वनाश गर्ने, कमिसन खोरी चलाउने तर गभर्नरलाई निलम्बन गर्ने गरेको भन्दै ओलीले कडा प्रतिवाद गरे ।

त्यस्तै, उनले अहिले अर्थमन्त्रालयमा अर्थशास्त्री नै नरहेको बताए । उनले मधेश उल्टिएर एमाले भएको भन्दै पाँच दलीय गठबन्धनले समाजवादका नाममा लुटतन्त्र मच्चाउन लागि परेको बताए । त्यस्तै, अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताए ।

‘प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भने, ‘यहाँ एमाले छ, त्यसैले केही गर्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनको विजय पनि निश्चित छ ।’

 

 

 

footer