kumari
stcnepal

सशस्त्र प्रहरी बलको महानिरीक्षकमा केसी नियुक्त

 

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा एआईजी पुष्पराम केसीलाई नियुक्त गरेको छ । अस्तिदेखि शैलेन्द्र खनालले अवकाश पाएपछि रिक्त पदमा केसी नियुक्त भएका हुन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले वरिष्ठ एआईजी केसीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो । खनालको अवकाशपछि निमित्त महानिरीक्षक पनि उनै केसी भएका थिए ।

यता, नेपाल प्रहरीको पनि केही दिनपछि रिक्त हुने आईजीपीमा वरिष्ठता नमिचिने विश्वास गर्न थालिएको छ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाको अघिल्लो कार्यकालमा डिआईजी नवराज सिलवाल र जयबहादुर चन्दमध्ये कनिष्ठ चन्दलाई आईजीपी बनाउने निर्णय गरिएको कारण क्याबिनेटको निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो ।

footer