kumari
stcnepal

बेसिगाउँमा बसको ठक्कर बाट एक जनाको निधन

काठमाडौं । काठमाडौंको बेसिगाउँमा बसको ठक्कर बाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । जोरपाटी बाट सुन्दरीजल तर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशा बाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई हिजो मध्याह्न ठक्कर दिएको थियो ।

बसको ठक्कर बाट स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ ।

बसको ठक्कर बाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ । बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

 

 

 

footer