प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बेसिगाउँमा बसको ठक्कर बाट एक जनाको निधन

676
shares

काठमाडौं । काठमाडौंको बेसिगाउँमा बसको ठक्कर बाट स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् । जोरपाटी बाट सुन्दरीजल तर्फ जाँदै गरेको बा ३ ख १३१८ नम्बरको बसले विपरीत दिशा बाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१२ प ५३२६ नम्बरको स्कुटरलाई हिजो मध्याह्न ठक्कर दिएको थियो ।

बसको ठक्कर बाट स्कुटरमा सवार ओखलढुङ्गा घर भएका १८ वर्षीय दिपेन दाहालको मृत्यु भएको हो । उनको हिजो दिउँसो पौने ४ बजे उपचारका क्रममा जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा मृत्यु भएको बौद्ध प्रहरीले जनाएको छ ।

बसको ठक्कर बाट स्कुटर चालक र स्कुटरमा पछाडि सवार अर्का एक जना घाइते भएका छन् । उनीहरुको नेपाल मेडिकल कलेज जोरपाटीमै उपचार भइरहेको छ । बस चालक र बसलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports