kumari
stcnepal

बझाङमा जिप दुर्घटना, एकको निधन तीन घाइते

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।बझाङको सुर्मा बाट धनगढी तर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । घाइते तीन जनालाई देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार जीप गएराति १२ः४० बजे दुर्घटनामा परेको हो । जीपमा तीन महिला र ६ पुरुष गरी ९ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

 

 

footer