विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बझाङमा जिप दुर्घटना, एकको निधन तीन घाइते

520
shares

बझाङ । बझाङमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।बझाङको सुर्मा बाट धनगढी तर्फ गइरहेको सुपप्र ०१–००१ च ००९५ नम्बरको जीप वित्थडचिर गाउँपालिका वडा नम्बर ४ देउलेख बजार नजिकै दुर्घटना भएको हो ।

दुर्घटनामा सुर्माका विनोद बोहराको घटनास्थलमै मृत्यु भएको छ । घाइते तीन जनालाई देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ ।

कांग्रेस बझाङका सभापति खड्क बोहरा र उनका परिवार सवार जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीले जानकारी दिएका छन् । प्रहरीका अनुसार जीप गएराति १२ः४० बजे दुर्घटनामा परेको हो । जीपमा तीन महिला र ६ पुरुष गरी ९ जना सवार थिए । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports