kumari
stcnepal

वामदेवलाई खुसी पार्न भट्टलाई नियुक्ति

काठमाडौ । यही श्रावण १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा विभिन्न आयोजनाका विचौलियालाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को उक्त निर्णयपछि सुशील भट्टले प्रमुख कार्यकारी पदको जिम्मेवारी सम्हालेका छन् । बोर्डको प्रमुख कार्यकारी अधिकृत (सिइयो) हुनका लागि १० वर्षको व्यवस्थापकीय अनुभव चाहिने भएपनि भट्ट राष्ट्रिय योजना आयोगको सदस्य रहेका र उनमा त्यही राष्ट्रिय योजना आयोगको सदस्य मात्र रहेको अनुभव रहेको छ । राष्ट्रिय योजना आयोगको सदस्य रहँदा समेत भट्ट एक निजी कम्पनीको कार्यालयमा बसेर विभिन्न विकास आयोजनाहरु र सरकारी ठेक्का कसरी हत्याउन सकिन्छ भन्ने योजना बनाउनैमा व्यस्त रहने गरेका थिए । योजना आयोगको सदस्य रहिसकेपछि पनि उनी करिब २७ महिनादेखि उनी त्यही विचौलियाको काममा सक्रिय रहँदै आएका थिए । तिनै भट्टलाई अहिले सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेर विचौलियालाई नै लगानी बोर्ड जिम्मा लगाएको छ ।

सुशील भट्ट र उनका भाई दिपक भट्टले विकास निर्माणका ठुला आयोजनाहरु हात पार्न राजनीतिक विचौलियाको रुपमा काम गरेका र काम पाईसकेपछि त्यस्ता आयोजनाहरु पुरा नगरी अलपत्र पार्दै आएका थिए । उनीसँग सार्वजनिक निजी, साझेदारी तथा लगानी ऐन २०७५ ले तोकेको अनुभव समेत रहेको छैन । ऐनको दफा १२ अनुसार बोर्डको सिइयो हुनका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र–व्यवस्थापन–बाणिज्यशास्त्र, कानुन, इन्जिनियरिङ्ग विकास विषयमा कम्तीमा स्नातकोत्तर तह उर्तिण गरेको र परियोजना विकास सार्वजनिक खरिद सार्वजनिक निजी साझेदारी लगानी प्रवद्र्धन विकास प्रशासन, बैकिङ्ग वित्तिय क्षेत्र औद्योगिक व्यवस्थापको क्षेत्रमा कम्तीमा १० वर्षको व्यवस्थापकीय अनुभव हाँसिल गरेको हुनुपर्नेछ । तर भट्टले काठमाडौ विश्वविद्यालयबाट इन्जिनियरिङ्गमा स्नातक र एमबीए स्नातकोत्तर मात्र गरेका भएपनि लगानी बोर्डको ऐनलाई समेत उल्लंघन गरी भट्टलाई सिइयो नियुक्त गरिएको छ ।

पछिल्लो समयमा नेपाल कम्युनिष्ट पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई आफ्नो पक्षमा पार्न प्रधानमन्त्री केपी ओलीले वामदेव गौतमको साथ लिनका लागि गौतमका छोराको व्यावसायिक पार्टनर समेत रहेका भट्टलाई सिइयोमा नियुक्त गरिएको हो । भट्टका भाई दिपक भट्ट प्रधानमन्त्री ओलीका निकट मानिन्छन् । दिपक भट्ट पहिला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट रहेका थिए अहिले उनी ओली निकट रहेका र वामदेवलाई खुसी पारेर आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न सुशिल भट्टलाई नियुक्त गरिएको आशंका गरिएको छ ।

footer