kumari
stcnepal

कोरियन नागरिक लार्के होटलमा मृत फेला, थप अनुसन्धान जारी

गोरखा । मनास्लु पदमार्ग हुँदै लार्के पास गर्न हिंडेका एक जना विदेशी नागरिक मृत फेला परेका छन् । प्रहरीका अनुसार दक्षिण कोरियाका ६४ वर्षीय डोङ्की जंग मृत फेला परेका हुन् ।

चुमनुब्री गाउँपालिका–१ धर्मशाला स्थित लार्के होटलमा शनिबार दिउँसो उनी मृत फेला परेको गोरखाका डीएसपी लिलाराज लामिछानेले जानकारी दिए । काठमाडौंको सलोम र्‍याफ्टिङ ट्रेकिङ मार्फत उनी लार्के पास गर्न आएका थिए । उनको शव पोष्टमार्टमा लागि हेलिकप्टर मार्फत शिक्षण अस्पताल काठमाडौं लगिएको र घटना बारे थप अनुसन्धान भइरहेको लामिछानेले बताए ।

 

 

 

footer