kumari
stcnepal

बुटवलमा सुनचाँदी पसल बाट पाँच करोड मूल्य बराबरको सुन र नगद चोरी

बुटवल ।बुटवल बिपी चोकमा रहेको नन्दराम सुनारको सुनचाँदी पसलबाट करिब पाँच करोड मूल्य बराबरको ३ सय ८३ तोला सुन र नगद पाँच लाख चोरी भएको छ । आज पत्रकार सम्मेलन गर्दै उक्त पसल बाट तीन सय ६० तोलाका तयारी गहना र २३ तोला काँचो सुन चोरी भएको व्यवसायीहरूले बताएका छन् ।

घटना बारे सिसीक्यामेरा फुटेज हेरेर अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ | सुनचाँदी व्यवसायी संघ रूपन्देहीका अध्यक्ष रामकृष्ण विश्वकर्माले यो चोरीको घटना रूपन्देहीमा अहिले सम्मकै ठूलो भएको बताएका छन् । पटकपटक सुनचाँदी पसलमा चोरी हुने घटना भए पनि संलग्नहरू पक्राउ नपरेको व्यवसायीहरूको गुनासो रहेको छ ।

 

 

footer