kumari
stcnepal

बोलोग्ना सँग २-१ ले पराजित भयो इन्टर मिलान

काठमाडौं । इन्टर मिलानले अग्रता लिएर पनि कायम राख्न नसक्दा इटालियन सिरी ए मा बोलोग्ना सँग हार बेहोरेको छ । बोलोग्ना सँग २-१ ले पराजित भएपछि इन्टरले शीर्ष स्थानमा उक्लने मौका गुमायो । यस नतिजाले एसी मिलानलाई भने फाइदा पुगेको छ । लिगमा अब चार खेल बाँकी रहँदा एसी मिलानले इन्टर माथि २ अंकको प्रष्ट अग्रता कायम गरेको छ ।

बोलोग्नाको मैदानमा भएको खेलको तेस्रो मिनेटमै इभान पेरिसिचले गोल गर्दै इन्टरलाई अग्रता दिलाएका थिए । तर त्यसलाई इन्टरले कायम राख्न सकेन भने बोलोग्नाले पुनरागमन गर्‍यो ।मार्को अर्नाउटोभिचले २८औं मिनेटमा बोलोग्नाका लागि बराबरी गोल फर्काए ।

८१औं मिनेटमा इन्टरका गोलकिपर समिर हान्डानोभिचको गल्तीमा निकोला सानसोनले गोल गर्दै बोलोग्नालाई २-१ को जित दिलाए । हारपछि इन्टर ३४ खेलबाट ७२ अंक सहित दोस्रो स्थानमै छ । समान खेल बाट ७४ अंक सहित एसी मिलान शीर्ष स्थानमा छ । बोलोग्ना ३४ खेल बाट ४२ अंक सहित १३औं स्थानमा छ ।

 

footer