kumari
stcnepal

प्रशिक्षक अल्मुताइरीले छाडेर जाउ भनेका कारण आफूहरु क्याम्प छाडेको होऊ : खेलाडी

काठमाडौं । राष्ट्रिय टिममा विद्रोह गर्दै प्रशिक्षण छाडेका फुटबल खेलाडीहरुले प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले छाडेर जाउ भनेका कारण आफूहरु क्याम्प छाडेर हिँडेको बताएका छन् ।

संयुक्त पत्रकार सम्मेलन गरेर उनीहरुले खेलाडी रोहित चन्दले सामान्य गाँस, बासको माग गर्दा प्रशिक्षक अल्मुताइरीले टिम बाटै निकालेको उनीहरुले बताए । आफूहरुलाई पनि उनले घर जान भनेको उनीहरले बताए ।

क्लब फुटबल भन्दा पनि राष्ट्रिय टोलीलाई नै प्राथमिकता दिइरहेको उनीहरुले बताए ।एन्फाकाे खेलाडी संघले गरेको पत्रकार सम्मेलनमा प्रशिक्षण छाडेका १० खेलाडी उपस्थित छन् । यस्तै खेलाडी संघ बाट अध्यक्ष विक्रम लामा र विकेश कुथु पनि छन् ।

 

 

 

footer