kumari
stcnepal

सत्ताधारी दलबाटै संविधान उल्लंघन

काठमाडौ । असोज ३ गते सरकारले सरकारी सुरक्षामा संविधान दिवस मनाएको छ । संविधानसभाले संविधान निर्माण गरी लागु गरेको ५ वर्ष पुरा भएर छैठौं वर्षमा लागेको छ । तर सरकार र सत्ताधारी दलबाटै संविधानको उल्लंघन भएकोछ । संविधानमा एउटै दलले प्रतिनिधिसभा र राष्ट्रियसभा अनि प्रदेशसभाहरुमा सभामुख र उपसभामुख रहन नपाउने प्रष्ट व्यवस्था गरेको भएपनि अहिलेसम्म त्यो व्यवहारमा लागु गरिएको छैन । सबै प्रदेशसभामा सत्ताधारी दलकै सभामुख र उपसभामुख रहेका छन् भने प्रतिनिधिसभामा उपसभामुखको पद रिक्त राखिएको छ । नेपाल कम्युनिष्ट पार्टीको केपीओली नेतृत्वको सरकारले नारामा सुशासन भनेको भएपनि कहिँकतै सुशासन कायम हुन सकेको छैन । सुशासनका नाममा कुशासन लागु गरिएको छ । जनतालाई पटक पटक ढाँटिएको छ । कोरोना भाइरसका कारण भारतबाट हजारौं नेपाली स्वदेश फर्किएका थिए उनीहरुलाई नेपाल भारत सीमामा महिनौं दिन भोकै प्यास राखियो । आफ्नो देशमा प्रवेश गर्न पाउने अधिकारबाट उनीहरुलाई बञ्चित गरियो ।

विश्वका धेरै देशहरुले आ आफ्ना नागरिकलाई स्वदेश फकाइरहेका बेला खाडी मुलुकमा काम गर्न गएका नेपाली जनतालाई स्वदेश फर्कन प्लेन भाडा आफैँ हाल भनियो, अहिले पनि खाडी मुलुकहरुमा पैसा नभएर नेपाली कामदारहरु सरकारलाई गुहारिराखेका छन् । संविधानले नै स्वास्थ्य, शिक्षा र खानाको ग्यारेन्टी गरेको भएपनि ती सबै अधिकारबाट जनतालाई बञ्चित गरिएको छ । स्वास्थ्य उपचार नपाएर जनता मरिरहेका छन् । कोरोना भाइरसका कारण दैनिक ज्यालादारी गरी जहानबच्चा पाल्ने व्यक्तिहरु भोक भोकै बस्नुपर्ने अवस्था भएको छ । संविधान दिवस मनाइरहेको बेला रत्नपार्कको खुल्ला मञ्चमा भोका मानिसहरु खानाको प्रतिपक्षामा थिए उनीहरुलाई खान दिनुको सट्टा प्रहरीबाट लाठी प्रहार गरेर खेदियो । त्यँही रहेको सैनिक मञ्चमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सहित व्यवस्थापिका, न्यायपालिका लगायत अन्य विभिन्न अङ्गका प्रमुखहरु उपस्थित रहेका थिए, त्यही समारोहमा प्रधानमन्त्री केपी ओलीले झण्डै ४५ मिनेट लिखित भाषण गरे ।

भाषणको सार थियो आफ्नो सरकारले गरेका कामका बर्णन । त्यहाँ प्रधानमन्त्रीले उद्घोष गरे खाना भन्दा ठुलो सुरक्षा हो भनेर । जनता खान नपाएर मर्ने अवस्थामा रहेका बेला कस्को सुरक्षा?मानिस खान नपाएर मर्ने अवस्थामा सुरक्षा पहिलो प्राथमिकता हो कि खाना पहिलो प्राथमिकता हो ? कोरोना भाइरसबाट बच्न भारतबाट स्वदेश फर्किएका जनता खान नपाएर मर्ने अवस्थामा रहेपछि फेरी उनीहरु भारत नै फर्किएका छन् । स्वदेश फर्किएका आफ्ना जनताको ज्यान बचाउन नसक्ने सरकारले संविधान र सुशासनको झुठा नारा दिनु किमार्थ उचित हुन सक्दैन । त्यसैले भन्न सकिन्छ संविधानको उल्लंघन सरकारबाटै भएको छ ।

footer