kumari
stcnepal

चार खेल अगावै रियल मड्रिड ला लिगा च्याम्पियन, प्रशिक्षक एन्सेलोट्टी युरोपको पाँच लिग जित्ने पहिलो प्रशिक्षक बने

काठमाडौं ।रियल मड्रिडले चार खेल अगावै स्पानिस ला लिगाको उपाधि जितेको छ । शनिवार स्पानयोललाई ४-० ले पराजित गर्दै रियल च्याम्पियन बनेको हो । रियलको यो ३५औं ला लिगा उपाधि हो ।

रियलले ३४ खेल बाट ८१ अंक जोड्दै चार खेल अगावै उपाधि कब्जा गरेको हो । रियल दोस्रो स्थानको सेभिया भन्दा १७ अंकले अघि छ । दोस्रो स्थानमा रहेको सेभियाको समान खेल बाट ६४ र तेस्रो स्थानको बार्सिलोनाको ३३ खेल बाट ६३ अंक छ । दुवैले अब बाँकी खेल जिते पनि रियललाई भेट्ने छैनन् ।

रियलले उपाधि जितेपछि प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि युरोपको पाँच लिग जित्ने पहिलो प्रशिक्षक बने । उनले यसअघि प्रशिक्षकको रुपमा इटालियन सिरी ए, फ्रेन्च लिग वान, प्रिमियर लिग र जर्मन बुण्डेसलिगाको उपाधि जितिसकेका छन् ।

 

 

footer