kumari
stcnepal

नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दियो

काठमाडौं ।पहिलो टी-२० खेलमा नेपालले जिम्बावे ‘ए’लाई १८२ रनको लक्ष्य दिएको छ ।आदिल अन्सारीले विष्फोटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुर स्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएको हो । आदिलले २७ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

कुशल भुर्तेलले ३१ बल खेल्दै ८ चौका मद्दतमा ४६ रन बनाए । यस्तै राेहितकुमार पौडेलले २६ बलमा ३६ र दीपेन्द्रसिंह ऐरीले १३ बलमा २८ रन जोडे । करण केसी ४ रनमा अविजित रहे ।बलिङमा जिम्बावेका ब्राड ईभानेस, लुक जोङ्गले, ब्रान्डन माभुता र जोन मासाराले एक-एक विकेट लिए ।

 

 

footer