kumari
stcnepal

नेपाल जिम्बावे ए टीम सँग ६ विकेटले पराजित

काठमाडौं ।पहिलाे टी-२० खेलमा नेपाल जिम्बावे ए टीम सँग ६ विकेटले पराजित भएकाे छ । नेपालले दिएकाे १८२ रनकाे लक्ष्य जिम्बावे ए ले १८.५ ओभर खेल्दै ४ विकेट गुमाएर पूरा गरेकाे हाे ।

जिम्बावे ए का लागि टाडिवानासा मारुमानी र कप्तान टाेनी मुन्याेङ्गाले अर्धशतक प्रहार गरे । मारुमानीले सर्वाधिक ५६ रन बनाउँदा बनाए । उनले ४१ बल खेल्दै ३ चाैका र ३ छक्का प्रहार गरे । टाेनीले २३ बल खेल्दै ७ चाैका मद्दतमा ५० रन बनाए ।राेए काए ९ रनमा अविजित रहे ।
बसिर अहमदले दुई तथा करण केसी र सन्दीप लामिछानेले समान एक विकेट लिए ।

त्यसअघि आदिल अन्सारीले विष्फाेटक ब्याटिङ गर्दै अर्धशतक प्रहार गरेपछि कीर्तिपुर स्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेकाे नेपालले ५ विकेट गुमाएर १८१ रन बनाएकाे थियाे । आदिलले २७ बल खेल्दै ४ चाैका र ३ छक्का मद्दतमा सर्वाधिक ४७ रन बनाए ।

 

 

 

footer