kumari
stcnepal

डा.गोविन्द केसीलाई मार्ने नै हो त ?

काठमाडौं । डेढ दर्जनपल्ट अनसन बसिसकेका डा.गोविन्द केसी अहिले पनि बिसौं दिनदेखि अनसनमा छन् । उनको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको डाक्टरहरु बताउँछन् । डा.सुधांसु केसी त आधुनिक चिकित्सा प्रणालीका कारणले मात्र डा..गोविन्द केसी बाँचिरहन सफल भएका हुन् ।

डा. केसीसँग सहमति गर्ने र पालना नगर्ने सरकार नै इमानमा नअडेकाले डा.केसीका पक्षमा जनमत बन्दै गएको छ । जनसमर्थन बढ्दै गएको छ । डा. केसीको ज्यान तलमाथि भयो भने यसको सम्पूर्ण दोष नेकपा नेतृत्वको सरकारले लिनुपर्छ ।

डा.केसीका माँग असमान्य छैनन्, उनले मन्त्री प्रधानमन्त्री माँगेका पनि छैनन् । सुदूर पश्चिममा मेडिकल कलेज खोलियोस्, सर्वसुलभ होस्, मेडिकल माफियामैत्री निर्णयहरु रद्द हुन् ।जनतासँग सम्बन्धित माँगहरु सरकारले पूरा गरिदिँदा सरकारकै जयजयकार हुन्छ, सरकार किन यसतिर सोचिरहेको छैन ।

footer