सरकारले अपवादका लागि पाएको सुविधालाई दुरुपयोग गर्दै जब नियमित बनाइन्छ त्यसले कति सम्म...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आवश्यकता भन्दा बढी चीनीको आयात किन ?

728
shares

काठमाडौ । सकरारले स्वदेशी चिनी उद्योगहरुलाई संरक्षण गर्ने नाममा २०७५ साल भाद्र ३१ गते मन्त्रिपरिषद्को बैठकबाटै वार्षिक १ लाख मेट्रिकटन चीनी आयात गर्न दिने निर्णय गरेको थियो । त्यसबेला वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारीले चीनी उद्योगीहरुको दबाबमा परेर परिणमत्मक बन्देज २०७६ असार मसान्तसम्म हुने उल्लेख गरेको पत्र पठाएका थिए । अहिले अधिकारी संस्कृति तथा पर्यटन सचिव रहेका छन् । अन्तर्राष्ट्रिय बजारमा त्यसबेला चीनीको मूल्यमा भारी गिराव आएको थियो । केही भ्रष्ट व्यापारी र केही चीनी मिल मालिकहरुले विश्व बजारमा चीनीको मूल्य सस्तो भएको बेला ठुलो मात्रामा चीनीको आयात गरी सरकारको निर्णयको फाइदा उठाएका थिए । मन्त्रिपरिषद्को २०७५ भाद्र ३१ गतेको निर्णय पश्चात् चीनीको मूल्यमा बृद्धि गरिएको थियो ।

२०७६ असारसम्ममा चीनी आयातको बन्देज खुल्ला गरिएपनि सरकारबाट भने कुनै निर्णय नै भएन त्यही कारण सरकारले सम्बन्धित निकायलाई कुनै परिपत्र नै गरेन । त्यसबेला पुन बन्देज हुन सक्ने भन्दै व्यापारीहरुले चीनी आयात गरेका थिएन । आयात गर्ने नगर्ने भन्नेमा व्यापारीहरु नै अन्योलमा परेका थिए । तर अहिले धेरै मात्रामा चीनीको आयात भएकोछ । नेपालीहरुको महान् चाडपर्व दशैं तिहार छठ जस्ता पर्वहरुमा नजिकै आइरहेको बेला व्यापारीहरुले दुई महिनामै ३ अर्ब भन्दा बढीको चीनी आयात गरेका छन् । व्यापारीहरुले अहिले चीनीको मौज्दात सकिन लागेको भन्दै अस्वाभाविक रुपमा चीनी भित्र्याएका छन् ।

२०७७÷७८ को पहिलो दुई महिनामै ३ अर्ब ८ करोड भन्दा बढीको चीनी आयात भएको छ । त्यसमध्ये सर्वसाधारण जनताले प्रयोग गर्ने चीनी भाग २ अर्ब २९ करोडको आयात भएको छ । अघिल्लो वर्ष २ महिनामा ९ करोडको मात्र चीनी आयात भएकोमा यस वर्ष यति ठुलो मात्रामा आयात हुनुको अर्थ के ? अहिले ६ करोड किलो चीनी आयात भएको छ भने अघिल्लो वर्ष १८ लाख किलो मात्र आयात भएको थियो । यति ठुलो मात्रामा चीनी कसले आयात ग¥यो भन्नेमा सरकार नै अन्यौलमा रहेको छ ।

सरकारी सहुलियतको केही चीनी आयात भइसकेको र केही आउने क्रममा रहेको छ । यति ठुलो मात्रामा चीनीको आयात हुँदा सम्म चीनीको मूल्य घटेको छैन भने साल्ट टेडिङ्ग कर्पोरेशनले प्रतिकिलो रु. ७३ मा चीनी विक्रि वितरण गर्दै आएको भएपनि अन्य व्यापारीहरुले ८५ देखि ९५ रुपैँयासम्म विक्रि वितरण गर्दै आएका छन् । चीनी उद्योग संघका अध्यक्ष र चीनी मिल मालिक शशीकान्त अग्रवालका अनुसार चीनी आयात भएपनि स्वदेशी चीनी विक्रि नहुने अवस्था आउनु नहुने बताएका छन् भने संघका उपाध्यक्ष रामकुमार अग्रवालले भने उद्योगीहरुसँग चीनीको मौज्दात नभएकाले ठुलो मात्रामा चीनीको आयात भएको बताएका छन् ।

२०७७ साल श्रावण १२ गतेको मन्त्रिपरिषद्को बैठकले साल्ट टेडिङ्गलाई २० हजार मेट्रिकटन र खाद्य व्यापार कम्पनीलाई १० हजार मेट्रिकटन चीनी भन्सार दरमा ५० प्रतिशत छुटमा चीनी आयात गर्न दिने निर्णय गरेकोमा साल्टले केही चीनी आयात गरिसकेको छ भने केही अबको केही दिनभित्रमा आउने जनाएको भएपनि व्यापार कम्पनीले ल्याउन नसक्ने भएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports