kumari
stcnepal

विराटनगरको सीमावर्ती क्षेत्र नजिक एसएसबीका जवानले तीन राउण्ड फायर गरे

विराटनगर ।विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । सोमबार दिउँसो सीमा क्षेत्रमा सुरक्षा बलका जवानले गोली चलाएका हुन् । प्रहरी स्रोतका अनुसार अनुसार तीन राउण्ड फायर भएको थियो ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको स्थानीयले बताए । दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको स्थानीयको दाबी छ । ‘दुई राउन्ड आकाश र एक राउन्ड जमिन तिर फायर गरे,’ एक स्थानीयले भने,‘गोली चलाउने व्यक्ति नसामा भएको जस्तो देखिन्थ्यो ।’ गोली पड्काएपछि स्थानीय बीच भागदौड मच्चिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भारतीय भूमीमा भएको घटनाका बारेमा जानकारी नभएको बताए ।

 

 

footer