प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

विराटनगरको सीमावर्ती क्षेत्र नजिक एसएसबीका जवानले तीन राउण्ड फायर गरे

624
shares

विराटनगर ।विराटनगरको सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गोली चलाएको छ । सोमबार दिउँसो सीमा क्षेत्रमा सुरक्षा बलका जवानले गोली चलाएका हुन् । प्रहरी स्रोतका अनुसार अनुसार तीन राउण्ड फायर भएको थियो ।

नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर महानगरपालिका–१८ इस्लामपुर नजिक एसएसबीका जवानले हवाई फायर गरेको स्थानीयले बताए । दसगजा नजिक होहल्ला गरिरहेका बेला स्थानीयले घेरेपछि उनले तीन राउन्ड हवाई फायर गरेको स्थानीयको दाबी छ । ‘दुई राउन्ड आकाश र एक राउन्ड जमिन तिर फायर गरे,’ एक स्थानीयले भने,‘गोली चलाउने व्यक्ति नसामा भएको जस्तो देखिन्थ्यो ।’ गोली पड्काएपछि स्थानीय बीच भागदौड मच्चिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले भारतीय भूमीमा भएको घटनाका बारेमा जानकारी नभएको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports