kumari
stcnepal

नेपाल ३ विकेटले जिम्बावे ‘ए’ सँग पराजित

काठमाडौं ।जिम्बोवे ए विरुद्ध पहिलो एकदिवसीय खेलमा घरेलु टोली नेपाल ३ विकेटले पराजित भएको छ । नेपालले दिएको १३७ रनको लक्ष्य जिम्बावे ए ले २६ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो ।

जिम्बावेका लागि ओपनर इन्नोसेन्ट काईयाले एक छेउ बाट पारी सम्हाल्दै अविजित रहेर सर्वाधिक ४८ रन बनाए । ४८ बलमा उनले चार चौका र एक छक्का प्रहार गरे । अर्का ओपनर सेफास जुवायो ३२ रन बनाए । राए काईयाले १४ रन जोडे । ब्राड ईभान्सले एक चौका र दुई छक्का मद्दतमा अविजित १७ रन बनाए । ब्राडले २६औं ओभरमा सुशन भारीलाई दुई छक्का र एक चौका प्रहार गर्दै जित पक्का गरेका थिए ।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले २–२ विकेट लिए । सोमपाल कामी र सागर ढकालले १–१ विकेट लिए । यसअघि कीर्तिपुर स्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३१.३ ओभरमा सबै विकेट गुमाएर १३६ रनको योगफल खडा गरेको थियो ।

 

 

footer