kumari
stcnepal

नेपालले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं ।जिम्बावे ए विरुद्धको दोस्रो एक दिवसीय खेलमा नेपालले टस जितेर फिल्डिङ गर्दैछ । त्रिवि मैदानमा टस जितेपछि नेपालले पहिले बलिङ गर्ने निर्णय गरेको हो । सुनिल धमला लामो समयपछि टिमको पहिलो रोजाइमा परेका छन् भने विनोद भण्डारीले आजको खेलमा विकेटकिपिङ सम्हालिरहेका छन् ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल जिम्बाबे ए सँग ३ विकेटले पराजित भएको थियो । तीन खेलको टी-२० शृङ्खलापछि यी दुई टोली एक दिवसीय खेल खेल्न लागेका हुन् । तीन खेलको टी-२० शृङ्खलामा दुवैले एक-एक खेल जित्दै शृङ्खला बराबरी गरेका थिए । एक खेल भने वर्षाका कारण रद्द भएको थियो ।

 

 

footer