kumari
stcnepal

जिम्बावे ए माथि नेपालको सहज जित

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे ‘ए’ विरुद्धको एकदिवसीय क्रिकेट सिरिज अन्तर्गत दोस्रो खेलमा सहज जित निकालेको छ । शनिबार भएको खेलमा नेपालले जिम्बावे ‘ए’ लाई ९ विकेटले हराएको हो । त्रिवि क्रिकेट मैदानमा जिम्बावे ‘ए’ ले दिएको ८८ रनको लक्ष्य पछ्याएको नेपालले ११ ओभर २ बलमा १ विकेट गुमाउँदै ८९ रन बनायो ।

नेपालका लागि सुनिल धमलाले सर्वाधिक ३८ रनको योगदान गरे । त्यस्तै आसिफ शेखले ३४ रन बनाउँदा विनोद भण्डारीले ४ रनको योगदान गरे । बलिङ तर्फ जिम्बावे‘ए’ का लागि बर्नान्डो मटुवाले एक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जिम्बावे ३१ ओभर १ बलमा अलआउट हुँदै ८७ रनमा बनाएको थियो ।

जिम्बावेका लागि जोनाथन क्याम्पबेलले सर्वाधिक २७ रन बनाए । ब्राड इभान्स २० रन अविजित रहे । सेफासले १० जोडे । नेपालका सोमपाल कामी र करण केसीले ३/३ विकेट लिए । सन्दीप लामिछानेले २ तथा सागर ढकालले १ विकेट लिए । आज नेपाल जिम्बावे विरुद्ध जित निकाल्दै नेपालले सिरिजमा १–१ को बराबरी गरेको छ ।

 

 

 

 

footer