kumari
stcnepal

भोजपुरमा एमालेकी उम्मेदवार माथी खुकुरी प्रहार

भोजपुर ।भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमाले बाट महिला सदस्यको उम्मेदवार माथि खुकुरी प्रहार भएको छ । गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङ माथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार तामाङको टाउकोमा गम्भीर चोट लागेको र चार टाँका लगाइएको छ । घटनामा संलग्नको खोजी गरिरहेको प्रहरीको भनाइ छ । उपचार पश्चात घाइते तामाङको स्वास्थ्य अहिले सामान्य छ ।

यसैबीच षडानन्द नगर कमिटीका सबै राजनीतिक दलको नेतृत्वले संयुक्त विज्ञप्ति निकालेर तामाङ माथिको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले निर्वाचन प्रभावित पार्न कुनै अनैतिक घटना हुन नदिन आव्हान गर्दै संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

 

 

footer