विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोजपुरमा एमालेकी उम्मेदवार माथी खुकुरी प्रहार

962
shares

भोजपुर ।भोजपुरको षडानन्द नगरपालिकामा नेकपा एमाले बाट महिला सदस्यको उम्मेदवार माथि खुकुरी प्रहार भएको छ । गएराति वडा नम्बर १० की महिला सदस्य उम्मेदवार अमिता तामाङ माथि नकाब लगाएका अपरिचित व्यक्तिले खुकरी प्रहार गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डीएसपी राजकुमार राईले जानकारी दिनुभयो ।


प्रहरीका अनुसार तामाङको टाउकोमा गम्भीर चोट लागेको र चार टाँका लगाइएको छ । घटनामा संलग्नको खोजी गरिरहेको प्रहरीको भनाइ छ । उपचार पश्चात घाइते तामाङको स्वास्थ्य अहिले सामान्य छ ।

यसैबीच षडानन्द नगर कमिटीका सबै राजनीतिक दलको नेतृत्वले संयुक्त विज्ञप्ति निकालेर तामाङ माथिको आक्रमणको निन्दा गरेका छन् । उनीहरूले निर्वाचन प्रभावित पार्न कुनै अनैतिक घटना हुन नदिन आव्हान गर्दै संलग्नलाई कारबाही गर्न माग गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports