kumari
stcnepal

कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव

चितवन ।नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको छ । कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन समेत तोडफोड गरेका छन् ।

आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे थियो । घटना भएको यतिका समय सम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउन समेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन ।

हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ । चितवन मेडिकल कलेजमा समेत तोडफोड हुन सक्ने देखिएपछि अस्पताल क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको मूल गेटमै प्रहरीहरु तैनाथ छन् ।

 

 

footer