विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव

637
shares

चितवन ।नेपाली कांग्रेसका अनिल परियारको हत्या भएको विषयलाई लिएर चितवन मेडिकल कलेजका अगाडि तनाव भएको छ । कांग्रेस निकट युवाहरुले पूर्व–पश्चिम राजमार्ग बन्द गराएर प्रदर्शन गराएका छन् । उनीहरुले सत्ता गठबन्धनले चुनाव प्रचारप्रसारमा प्रयोग गरेको सवारी साधन समेत तोडफोड गरेका छन् ।

आइतबार साँझ ७ः३० बजे भरतपुर-१२ निवासी अनिल परियारको भरतपुर-७ कृष्णपुरकाे फुटबल मैदान नजिक हत्या भएकाे थियो । घटना भएको यतिका समय सम्म पनि प्रशासनले दोषी पत्ता नलगाएको र पार्टी नेतृत्वले घटनालाई गम्भीरतापूर्वक नलिएको आरोप लगाउँदै मृतक परियार निकट युवाहरुले प्रदर्शन गरेका छन् । परियारको शव चितवन मेडिकल कलेजमा राखिएको छ । शव उठाउन समेत उनीहरुले दिएका छैनन् । शवलाई भरतपुर अस्पतालमा लगेर पोष्टमार्टम गर्न प्रहरीले सकेको छैन ।

हत्या भएको स्थानमा प्रहरी ढिला पुगेको र उपचार गर्न समयमा नै नल्याउँदा परियारको मृत्यु भएको प्रदर्शनकारीको आरोप छ । चितवन मेडिकल कलेजमा समेत तोडफोड हुन सक्ने देखिएपछि अस्पताल क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ । अस्पतालको मूल गेटमै प्रहरीहरु तैनाथ छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports