kumari
stcnepal

हिम्मत भए ओलीलाई संसदीय दलबाट हटाए भैहाल्यो नि !

काठमाडौ । सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टीका दुई अध्यक्षहरु मिल्न नसकेकै कारण पार्टीभित्रको आन्तरिक द्वन्द्वले चरम उत्कर्षको रुप लिएको छ । दुई अध्यक्षहरुलाई मिलाएर एकै ठाउँमा राख्नुपर्ने पार्टीका वरिष्ठ नेताहरुले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीमाथि प्रहार गर्न थालेपछि त्यसको प्रतिकार गर्न ओली पक्षीय नेताहरु सक्रिय भएका छन् । पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका पुष्पकमल दाहाललाई तत्काल प्रधानमन्त्री बन्ने भूत सवार भएपछि उनले पूर्व एमालेका नेताहरुलाई भागवण्डा बाँड्दै आएका छन् । प्रधानमन्त्रीलाई हटाउने हो भने दाहाल पक्षले बाहिरी रुपमा लफडा गर्नुभन्दा संसदीय दलमा बहुमत पु¥याएर संसदीय दलको नेताबाट हटाउन सक्ने प्रावधान रहेको छ । पार्टीको बहुमतबाट निर्णय गराएर प्रधानमन्त्रीलाई हटाउन खोजेपनि संविधान अनुसार संविधानले पार्टीलाई नचिन्ने भएकाले हटाउन सकिने अवस्था देखिँदैन कि त प्रधानमन्त्री ओलीलाई पार्टीबाटै हटाउने हिम्मत गर्न सक्नुपर्दछ । पार्टीको साधारण सदस्यबाट समेत हटाएर उनीमाथि कारबाही गरेको खण्डमा मात्र उनी हट्न सक्छन् ।

अस्तिमात्र प्रधानमन्त्री ओलीले एक सार्वजनिक कार्यक्रममा आफूले कुनै हालतमा पनि राजिनामा नदिने उद्घोष गरेका छन् । प्रधानमन्त्रीले बहुमतको आधारमा आफूलाई हटाउन सक्ने सचिवालय बैठकले त्यस्तो निर्णय गर्न सक्ने आभास पाएरै त्यस्तो अभिव्यक्ति दिएको हुन सक्छ । पार्टीका दुई अध्यक्षहरुले चाहेको खण्डमा समस्याको समाधान हुन सक्छ । प्रधानमन्त्री ओलीले सरकार सञ्चालन पार्टीको विना हस्तक्षेप चलाउने र अर्का कार्यकारी अध्यक्षले पार्टी सञ्चालन गर्ने । नेकपाले आउँदो चैत्र महिनामा एकीकृत महाधिवेशन गर्ने निर्णय गरिसकेको हुनाले उक्त महाधिवेशन सम्म दुवै अध्यक्षहरु आ आफ्नो कार्यमा सक्रिय भएको खण्डमा पार्टीमा उब्जिएको अहिलेको समस्या समाधान हुन सक्छ । करिब तीन वर्ष अघि पार्टी एकीकृत हुँदा नै तय गरिएका आधारहरुलाई स्वीकार गरिने हो भने समस्याको समाधान हुन सक्ने सम्भावना रहेपनि सत्ताकै लागि अहिले विवाद गर्नुको कुनै अर्थ देखिँदैन ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पूर्व एमालेभित्रका गुट र उपगुटहरुभित्र खेल्ने गरेको र व्यक्तिगत स्वार्थका लागि कहिले ओलीसँग मिलेर आफ्नो स्वार्थ पूरा गर्ने गरेको र कहिले माधव नेपालसँग मिलेर आफ्नो स्वार्थ पूरा गर्ने गरेको हुनाले पार्टीमा समस्या देखिएको हो । दाहाल पार्टी अध्यक्ष हुँदा माओवादीमा समेत त्यस्तै खेल खेल्ने गरेका थिए । कहिले मोहन बैद्यसँग मिलेर बाबुरामलाई पेल्ने त कहिले बाबुरामसँग मिलेर बैद्यलाई पेल्ने गरेको हुनाले डा. बाबुराम भट्टराई मोहन बैद्य, सीपी गजुरेल नेत्रविक्रम चन्द, लोकेन्द्र विष्ट सहितका धेरै नेताहरुले दाहाललाई मात्र छाडेनन् माओवादी पार्टी नै परित्याग गरेका थिए । पूर्व एमाले र माओवादी एकीकृत भएपछि पनि दाहाल फेरी त्यस्तै खेल खेलिरहेका हुनाले त्यसको प्रत्यक्ष असर आउँदो महाधिवेशनमा दाहाललाई नै पर्ने निश्चित रहेको छ । पूर्व एमाले हुँदा पनि ओली र नेपालबीचमा राम्रो सम्बन्ध कायम हुन नसकेको फाइदा अहिले दाहालले उठाउन खोजिरहेका छन् । त्यही कारण उनी माधव नेपालको आदेश स्वीकार गरि ओलीको विपक्षमा उभिएका भएपनि पूर्व माओवादीकै केही नेताहरु भने ओली पक्षमा गएका छन् ।

footer