kumari
stcnepal

तीन टिकट महाविकट नेकपा विभाजित

काठमाडौ । निकै तामझामका साथ गठन भएको नेपाल कम्युनिष्ट पार्टीको विभाजन दुःखद भएको छ । आफ्नै पार्टीका अध्यक्षको नेतृत्वमा रहेको सरकारलाई गिराउन पार्टीकै अर्का अध्यक्ष सहितका पार्टीका वरिष्ठ नेताहरु नै लागि परेका छन् । पछिल्लो राजनीतिक घटनाक्रम भूमिगत शैलीमा अघि बढेको छ । पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री माथि अविश्वासको प्रस्ताव पेश गर्न पार्टीकै अध्यक्ष सहितका नेताहरु अघि बढेका हुनाले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले संसद नै विघटन गरिदिएका छन् । अहिले संसद विघटनको मुद्दा सर्बोच्च अदालतमा पुगेको छ । सर्बोच्च अदालत अहिले कठिन अवस्थामा रहेको छ । जस्तोसुकै निर्णय दिएपनि एक पक्षले समर्थन गर्ने र अर्को पक्षले अदालतको निर्णयको विरोध गर्ने भएकाले न्यायलयको मानमर्दनमा समेत असर पर्न सक्ने सम्भावना देखिएको छ ।

प्रधानमन्त्री केपी ओलीले आफू पार्टीको पहिलो नम्वरको अध्यक्ष भएको हुनाले आफ्नो सहमति बेगर पार्टीले कुनै निर्णय लिन नसक्ने बताइरहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल, माधव नेपालसहितका नेताहरुले अध्यक्ष ओलीलाई पार्टीले अनुशासनको कारबाही गर्दै पार्टीको साधारण सदस्यताबाट समेत निष्कास गर्ने निर्णय गरिसकेको भन्दै निर्वाचन आयोग र सर्बोच्च अदालतमा समेत आफ्नो निर्णय पु¥याईसकेको अवस्थामा अब नेपाल कम्युनिष्ट पार्टी विभाजन हुने पक्कापक्की भएको छ । पछिल्लो समयमा पार्टीका दुवै अध्यक्षहरुले आ आफ्ना गुटका भेला बैठकहरु गरिरहेका र आ आफ्नो पक्षमा बहुमत रहेको बताइरहेका छन् ।

पार्टीको बहुमत निर्णयका लागि नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय समितिमा रहेका ४४४ सदस्य मध्ये २२१ सदस्यहरुको आवश्यकता पर्दछ । अधिकारिक मान्यता पाउनका लागि पार्टी विभाजनको दाबी गर्न केन्द्रीय कमिटी र संसदीय दल दुवैमा ४० प्रतिशत चाहिने कानुनी व्यवस्था रहेपनि अहिले संसद विघटन भएकोले गर्दा अब ४० प्रतिशत केन्द्रीय सदस्य रहेपनि पार्टी विभाजनले आधिकारिकता पाउने भएकाले दुवै पक्ष आ आफ्नो पक्षमा ४० प्रतिशत केन्द्रीय समिति सदस्य पु¥याउनका लागि परेका छन् । पार्टी विभाजनको लागि अहिले केन्द्रीय समितिकै महत्वपूर्ण भूमिका रहेको छ । त्यसै कारण ओली दाहाल दुवै पक्ष आ आफ्नो पक्षमा केन्द्रीय समितिका सदस्य पु¥याउनका लागि परेका छन् । पार्टी विभाजनसम्बन्धी मुद्दा निर्वाचन आयोगमा पुगेको र निर्वाचन आयोगले समेत जुन पक्षसँग बहुमत हुन्छ त्यसै पक्षलाई आधिकारिक मान्यता दिन सक्ने भएकाले गर्दा अहिले दुवै पक्षले केन्द्रीय सदस्यहरुलाई तानातान गरिरहेका र विभिन्न प्रलोभन समेत दिन सक्ने सम्भावना रहेको छ ।

तत्कालिन अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र एकीकरण निकै हतार हतारमा गरिएको र एकीकरण भएको ३० महिनासम्ममा पनि पार्टीले आकार लिन नसकेको र पार्टीभित्रै गुट उपगुट रहेकोले गर्दा पार्टी विभाजनलाई बल पुगेको हो । पार्टीका तीन नेताहरु ओली, दाहाल र नेपाल मध्येका दुई मिल्दा अर्का एक नेता अल्पमतमा पर्ने र तिनै नेता मिल्न सक्ने सम्भावना नभएकोले गर्दा पार्टी विभाजनको आधार पनि ओली दाहाल र नेपाल पक्षले नै तयार गरेका हुन् त्यसको एउटै कारण थियो भागवण्डा नमिल्नु, विधि, विधान पद्दति दाहाल–नेपाल पक्षले भनेपनि त्यो देखावटी र ओली पक्षलाई अल्पमतमा पार्न मात्र प्रयोग गरिसकेको हुनाले पार्टी विभाजन भएको हो ।

footer