kumari
stcnepal

यी हुन् नेकपा विभाजनका कारण

सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टी विभाजन हुनुको पछाडि पार्टीका दुवै अध्यक्षबीचको टकराव र गुटगत स्वार्थ रहेको विस्तारै प्रमाणित हुँदै गएपनि त्यतिमात्र कारण प्रर्याप्त देखिँदैन । तत्कालिन नेकपा एमालेका महासचिव रहेका माधव नेपाल र प्रधानमन्त्री केपी ओलीबीचको तिक्ततापूर्ण सम्बन्धले समेत विभाजनलाई बल पु¥याएको छ । जतिबेला महासचिवमा नेपाल रहेका थिए तयसबेला केपी ओली स्थायी समितिको सदस्य रहेपनि उनी अल्पमतमा रहेका र पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी नेपालले मात्र गरेका थिए । पार्टीको नेतृत्वमा नेपाल १४ वर्षसम्म रहँदा नेपाल र ओलीबीचमा कहिल्यै राम्रो सम्बन्ध रहन सकेन । बुटवलमा भएको नेकपा एमालेको महाधिवेशनमा नेपाल र ओली दुवै अध्यक्षका प्रतिस्पर्धी रहेकोमा ओली अध्यक्षमा चुनिएपछि पनि माधव नेपालले ओलीलाई अध्यक्ष स्वीकार गर्न सकेका थिएनन् । उनी प्राविधिक रुपमा आफू अध्यक्ष नरहेपनि पार्टीमा आफ्नै हैकम रहिरहोस् नियुक्ति सरुवा बढुवामा आफ्नो प्रभाव कायम रहोस् भन्ने चाहन्थे तर अध्यक्ष ओलीबाट त्यो कार्य हुन नसकेको हुनाले उनी ओलसिँग रुष्ट हुँदै गएका थिए । ठीक त्यहीबेला तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच स्थानीय निर्वाचनमा जाँदा मोर्चाबन्दी गर्ने सहमति भयो । त्यो सहमतिको एउटै उदेश्य थियो स्थानीय तहमा जित हाँसिल गर्ने । दुई पार्टीको समिकरणले स्थानीय तहमा झण्डै दुई तिहाईमा जित हाँसिल गरेपछि मात्र उनीहरु पार्टी एकीकरण गर्ने सहमतिमा पुगेका थिए ।

तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण नै अप्राकृतिक रहेको थियो । एमालेका अध्यक्ष रहेका ओली र माओवादीका अध्यक्ष रहेका पुष्पकमल दाहालको पृष्ठभूमि नै अलग अलग रहेको थियो । ओली तत्कालिन पञ्चायती व्यवस्थाको विरोध गर्दै जेलमा पुगेका थिए भने पुष्पकमल दाहाल २०४६ सालको राजनीतिक परिवर्तनपछि पुनः प्राप्त प्रजातन्त्रको विरोध गर्दै शसस्त्र आन्दोलनमा गएका थिए । एक जना, एकदलीय व्यवस्थाको विरोध गर्दै जेल गएका र अर्को जना प्रजातन्त्रको विरोध गर्दै सशस्त्र आन्दोलनमा गएका थिए । त्यही आन्दोलनले गर्दै अनाहकमा १७००० नेपाली जनताको हत्या भएको थियो । आफूँ भारतको संरक्षणमा बसेर आफ्ना कार्यकर्तालाई सोझा साझा नेपाली जनताको हत्या गराउने पुष्पकमल दाहाल लगायतका केही नेताहरु भारतीय सुरक्षा र सहयोगमा भारतमै बसेका थिए । त्यही कारण नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणलाई अप्राकृत्तिक भनिएको हो । त्यतिमात्र होइन एकीकरण हुनुभन्दा अगाडि देखि नै ओलीको स्वास्थ्य अवस्था कमजोर रहेको थियो । ओली स्वास्थ्य उपचार गराउन विदेश गएका थिए । स्वास्थ्य अवस्था राम्रो नभएपनि उनी नेकपा एमालेको अध्यक्ष रहेकाले नेकपा एमालेको जस्तो दरविलो संगठन आफ्नो हातमा परेको खण्डमा आफूले लामो समयसम्म पार्टी र सत्ता कब्जा गर्न सक्ने आंकलन गरेरै दाहालले नेकपा एमालेसँग पार्टी एकीकरण गराएका थिए । पार्टी एकीकरण हुनुमा अध्यक्ष ओलीको स्वास्थ्य समेत जोडिएको छ । एकातिर नेकपा एमालेभित्र पार्टी अध्यक्ष ओली र माधव नेपालबीचमा राम्रो सम्बन्ध हुन नसक्नु र ओलीको स्वास्थ्य अवस्था पनि ठीक नहुनुको परिणा नै पार्टी एकताको बलियो आधार थियो ।

२०७५ सालमा दुवै पार्टी एकरण भए त्यही कारण उनीहरुले प्रतिनिधिसभा दुवै प्रदेशसभामा झण्डै दुई तिहाई मत ल्याउन सफल भए झैँ ओलीको स्वास्थ्यपनि राम्रो हुँदै गयो । पार्टीका दुवै अध्यक्षबीचमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति त्यसैबेला भएको भएपनि पहिलो नम्वरका अध्यक्ष आली प्रधानमन्त्री बनेको माधव नेपाल र झलनाथ पक्षलाई मन परेको थिएन । पार्टीभित्र त्यही देखि बखेडा सुरु भयो । ओली र दाहालबीचमा झण्डै एक वर्ष अघि दाहाललाई पार्टीको कार्यकारी बनाउने र ओलीले पाँच वर्षसम्म सरकारको नेतृत्व गर्ने सहमति ओली र दाहालबीच भएपछि त्यसैबेला नेपालले विरोध जनाएका थिए । त्यसको एउटै कारण थियो दुई अध्यक्ष मिलेर आफूलाई वेवास्ता गर्ने र आफ्ना कुरा नबिक्ने डर नेपाललाई थियो ।

पार्टी एकीकरण पश्चात् तत्कालिन नेकपा एमालेमा रहेका ओली गुट र नेपाल गुटमा पनि नेकपा एमालेले पाएको ६० प्रतिशत भागवण्डामा ओली नेपाल पक्षमा पनि भागवण्डा गरिएको थियो । त्यही भागवण्डापछि माधव नेपाल ओलीलाई भन्दा पुष्पकमल दाहाललाई बढी विश्वास गर्न थालेका थिए । ओलीसँग राम्रो सम्बन्ध कायम हुन नसक्नु र आफ्नो पक्षपनि पार्टीभित्र बलियो रहेको हुनाले उनले दाहाल पक्षसँग राम्रो सम्बन्ध बढाउँदै लगेका थिए । त्यही कारण अध्यक्ष दाहालले गत कार्तिक २८ गते पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि गम्भीर आरोपहरु लगाउँदै राजनीतिक प्रस्तावका नाममा सचिवालयमा ३९ पेज लामो आरोपपत्र लगाउँदै पत्र दर्ता गरेपछि नेकपा विभाजनको अवस्थामा पुगेको थियो । पुष्पकमल दाहाल जसरी भएपछि मुलुकमा एक दलीय कम्युनिष्ट शासन लाद्न चाहन्छन् भन्ने प्रमाण त उनले सचिवालयमा दर्ता गरेको राजनीतिक प्रस्तावको २७ पेजमा हेरे प्रष्ट हुन्छ । त्यहाँ उल्लेख गरिएको छ । अहिले बलियो कम्युनिष्ट सरकार रहेको बेला सही समयको सदुपयोग गर्दे समाजवाद हुँदै साम्यवादतर्फ फड्को मार्न प्रधानमन्त्रीले नसकेको भन्ने उल्लेख गरिएको छ । त्यसै कारण पार्टी विभाजनको अवस्थामा पुगेको प्रष्ट भएको छ । ओली लोकतान्त्रिक व्यवस्थाप्रति विश्वास राख्ने भन्दै अघि बढ्न चाहने तर दाहाल समाजवाद हुँदै साम्यवादमा जानुपर्ने भएपछि उनीहरुबीचमा सैद्धान्तिक मतभेद भएकाले गर्दा पार्टी विभाजनको अवस्थामा आइपुगेको हो । अहिलेको अवस्था र विश्वव्यापी सिद्धान्तलाई हेर्दा नेपाल कहिल्यै पनि साम्यवादमा जान सक्ने अवस्था छैन । विश्वमा कम्युनिष्ट शासन हराउँदै गएको अवस्थामा साम्यवादमा जानुपर्ने दाहालका अडानलाई स्वीकार गर्न ओली तयार भएनन् त्यही कारण प्रधानमन्त्री ओलीले ताजा जनादेशको लागि प्रतिनिधिसभा विघटन गरेका हुन् । संसदलाई बन्धक बनाउने र सरकारलाई काम गर्न नदिने अध्यक्ष दाहाल नेपालको रणनीतिलाई चिरेर संसदमा बहुमत र संसदीय दलको नेता समेत कायमै रहेको अवस्थामा प्रधानमन्त्रीले संसद विघटन गरेको हुनाले ताजा जनादेश लिने बाटोलाई अदालतले समेत अवरोध गर्न छैन भन्ने हाम्रो मान्यता रहेको छ ।

footer