kumari
stcnepal

आज पनि चट्याङ सहित वर्षाको सम्भावना

काठमाडौं ।हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । देशमा आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ।

आइतबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन / चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

 

 

footer