kumari
stcnepal

आजपनि हावाहुरी सहित पानी पर्न सक्ने

काठमाडौं । प्रदेश नम्बर–१ र मधेस प्रदेशमा अहिले आंशिक देखि सामान्य बदली छ । अरू भू–भागमा आंशिक बदली छ । प्रदेश–१ र मधेसका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ । आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकीका थोरै स्थानमा र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

राति प्रदेश–१, मधेस, वाग्मती र गण्डकीमा आंशिक देखि सामान्य बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । मधेसका थोरै भू–भागमा हल्का देखि मध्यम वर्षा र प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशााले अनुरोध गरेको छ ।

 

 

footer