kumari
stcnepal

वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठविरुद्ध भ्रष्टचारको मुद्दा दाय

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगञ्जको नेपाल राष्ट्रिय विद्यापीठ उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक बलराम श्रेष्ठ र कर्मचारी राकेशमान श्रेष्ठ विरुद्ध भ्रष्टचारको मुद्दा दायर गरेको छ ।

अख्तियारले प्रधानाध्यापक बलराम श्रेष्ठ सँग ३० लाख ४२ हजार ३७८ रुपैयाँ र राकेशमान श्रेष्ठ सँग २९ लाख ५० हजार रुपैयाँ विगो माग गरेको छ ।

जिल्ला शिक्षा कार्यालय, पर्सा बाट आर्थिक वर्ष २०६८/०६९ मा विज्ञान प्रयोगशाला निर्माण, सामग्री व्यवस्थापन, भवन निर्माण र महिला शौचालय निर्माण वापत जम्मा २९ लाख ५० हजार रुपैयाँ सम्बन्धित शीर्षकमा खर्च नगरी आफू खुसी खर्च गरेको, २०६७/०६८ को साउन देखि असोज सम्मको तलब र दशै खर्च वापतको रकम ९२ हजार ३७८ रुपैयाँ दोहोरो तलब लिएको अख्तियारको दाबी छ ।

 

 

footer