kumari
stcnepal

पल शाहलाई थुनामा राख्ने जिल्ला अदालतको आदेश उच्च अदालतबाट सदर

काठमाडौं । अभिनेता पल शाहलाई पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत तनहुँको आदेशलाई उच्च अदालत पोखरा सदर गरेको छ ।


बालिका माथि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका शाहलाई जिल्ला अदालतले थुनामा पठाएको थियो । त्यस विरुद्ध शाह उच्च अदालत गएका थिए । उच्च अदालतका न्यायाधीश उज्जवल शुक्ला र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले जिल्लाकै आदेशलाई सदर गरेपछि उनले थुनामै बस्नुपर्ने भएको छ ।

उच्च अदालत पोखराका सूचना अधिकारी विष्णुप्रसाद आचार्यले जिल्ला अदालतकै आदेश सदर भएको जानकारी दिए ।

 

 

footer