kumari
stcnepal

नेपाल ओमान सँग मैत्रीपूर्ण अभ्यास खेलमा २-० गोल अन्तरले पराजित

काठमाडौं। मैत्रीपूर्ण अभ्यास खेलमा नेपाली राष्ट्रिय फुटबल टोली ओमान सँग पराजित भएको छ । कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमान सँग २-० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमान सँग खेलेको हो ।

नेपाली टोली कतार थप तयारी गरेर छनोटका लागि कुवेत जाने छन् । छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

 

 

footer