विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस उदयपुरका क्षेत्रीय सभापति थापा सहितका नेताहरू एमालेमा प्रवेश

598
shares

काठमाडौं, १३ साउन । नेपाली कांग्रेस उदयपुरका क्षेत्रीय सभापति कृष्ण थापा नेकपा (एमाले)मा प्रवेश गर्नुभएको छ । एमालेका महासचिव शंकर पोखरेलले थापासँगै नेकपा (एकीकृत समाजवादी)का खड्ग कार्की, निर्माण चौहान, मोहन मगर र जङ्गबहादुर मगरलाई आज पार्टी कार्यालय, च्यासलमा खादा र टीका लगाउँदै पार्टीमा स्वागत गर्नुभयो ।

कार्यक्रममा महासचिव पोखरेलले देश अगाडि बढाउन, जनतामा पैदा भएको निराशा चिर्न, युवाको विदेश पलायन रोक्न धेरै पार्टी होइन, बलिया पार्टी आवश्यक भएको बताउनुभयो । उहाँले एमालेलाई बलियो राजनीतिक पार्टीका रूपमा स्थापित गर्न उदयपुरमा पनि अन्य र साना राजनीतिक दलका कार्यकर्ताहरूलाई पार्टीमा समाहित गरी एमालेलाई आगामी २०८४ को निर्वाचनमा बहुमत स्थानमा एक्लै जित्ने अवस्थामा पुर्‍याउनुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले ६/६ महिनामा मन्त्री फेरिने अवस्थाले देश कसरी बन्छ ? प्रश्न गर्नुहुँदै राजनीतिक धू्रवीकरण आवश्यक रहेको बताउनुभयो । उहाँले राजनीतिक स्थायित्वका लागि २०८४ को निर्वाचनमा ठूला राजनीतिक दलबीच प्रतिस्पर्धा हुने र साना दलले बार्गेनिङ गर्ने अवस्थाको अन्त्य गर्नुपर्ने धारणा राख्नुभयो । महासचिव पोखरेलले नवप्रवेशीहरूलाई विगतका कमजोरी सच्याउनु महत्वपूर्ण कुरा भएको बताउँदै नयाँ यात्रामा सफलताका लागि शुभकामना दिनुभयो । एमाले प्रवेश गर्नुहुँदै नेपाली कांग्रेसका क्षेत्रीय सभापति थापाले आफू विनाशर्त एमालेमा प्रवेश गरेको र पार्टीले दिने जिम्मेवारी निष्ठापूर्वक पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

थापाले सात वर्ष अघिसम्म एमालेमै रहेर काम गरेको स्मरण गर्नुहुँदै पार्टी छोड्नु जीवनको ठूलो भुलका रूपमा आफूले लिएको बताउनुभयो । कार्यक्रममा एमाले उदयपुर जिल्ला कमिटीका अध्यक्ष भागवत राउतले जिल्ला कमिटीको अधिवेशनयता उदयपुरमा विभिन्न दलका २७२ जना नेताकार्यकर्ता एमालेमा प्रवेश गराएको जानकारी गराउनुभयो । कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य मञ्जु चौधरीलगायतको उपस्थिति रहेको थियो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports