kumari
stcnepal

नेपाल–खनाललाई महासंकट

काठमाडौ । सर्बोच्च अदालतले गरेको फैसलाले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण पछिको नेकपाको अस्तित्वलाई अस्वीकार गरेपछि फेरी मुलुकमा अर्को संकट थपिएको छ । सबैभन्दा अप्ठ्यारो अवस्थामा माधव नेपाल समूहका सांसदहरुमा परेका छन् । पुष्पकमल दाहाल पक्षमा रहेका माधव नेपाल सहितका झलनाथ खनाल भीम रावल सहितका तत्कालिन नेकपा एमालेका ३७ जति सांसद रहेका छन् ।

माधव नेपालले नेकपा एमालेलाई विभाजन गराएर दाहालसँग एकीकरण गर्न सक्ने सम्वैधानिक व्यवस्था भएपनि नेपाल पक्षमा नेकपा एमालेको केन्द्रीय समितिमा र संसदीय दलमा कम्तिमा ४० प्रतिशत पु¥याएको खण्डमा पार्टी विभाजन गर्न सक्ने भएपनि केन्द्रीय समितिमा ४० प्रतिशत पुगेपनि संसदीय दलमा ४० प्रतिशत सांसद नभएको हुनाले नेपालले पार्टी विभाजन गर्न सक्ने अवस्था देखिँदैन । नेपालको पक्षमा संसदीय दलमा ३७ जना मात्र रहेका र दल विभाजन गर्न उनलाई अरु ११ जना सांसदको आवश्यकता पर्ने देखिन्छ । त्यही कारण नेपालले दल विभाजन गर्न चाहेपनि त्यो प्राय असम्भव जस्तै देखिन्छ । त्यही कारण ती ३७ जना सांसदहरुको पद पनि नेकपा एमालमै फर्किएको खण्डमा मात्र सांसद पद जोगिन्छ । सांसद पद नै गुम्ने अवस्था आएको खण्डमा नेपाल पक्षमा लागेका धेरै सांसदहरु नेकपा एमालेमै फर्किन सक्ने सम्भावना जिवितै रहेको छ । दल विभाजन गर्दा आवश्यक प्रतिशत नपुगेपछि सांसद पद नै गुम्न सक्छ । तर दल विभाजन भने गर्न सक्छन् ।

सम्वैधानिक व्यवस्था अनुसार यस्तो जटिल अवस्थामा के नेपाल पक्षमा रहेका सांसदहरु सांसद पदकै माया मारेर माधव नेपाल पक्षमा रहला त भन्ने प्रश्न समेत उठेको छ । ओली समूहले भने माधव नेपाल, झलनाथ खनाल बाहेकका अन्य सांसदहरु नेकपा एमालेमै फर्किन सक्ने आंकलन गरिसकेको छ । नेपाल पक्षका सांसदहरु एमालेमै फर्किएको खण्डमा माधव नेपाल र झलनाथ खनाललाई मात्र च्यापिरहन पुष्पकमल दाहाल के राजि होला त ?कार्यकर्ता विनाका नेतालाई च्यापिरहनु दाहालको लागि बाध्यता हुन सक्दैन । नेकपा एमालेबाट प्रत्यक्ष र समानुपातिक गरी संघीय संसदमा १ सय २१ जना रहेका छन् भने माओवादी केन्द्रबाट ५३ जना सांसद रहेका छन् ।

संघीय संसद हुँदै राष्ट्रिय सभा, प्रदेशसभा र स्थानीय तहको वडा सदस्यदेखि लिएर महानगर हुँदै उपमहानगरपालिका र गाउँपालिकाका प्रतिनिधिहरुसम्ममा विभाजन भईसकेको अवस्थामा अब कि त आफूले चुनाव लडेकै पार्टीमा आउनुप¥यो यदि होइन भने पद त्याग गर्न बाध्य हुनुपर्ने अवस्थामा जनप्रतिनिधिहरु पुगेका छन् । नेकपाका २२ हजार जति जनप्रतिनिधि रहेका भएपनि अहिले नै ओली पक्षमा १२ हजार खुलिसकेका छन् । अब बाध्यता आइपरेको हुनाले तत्कालिन नेकपा एमालेबाट निर्वाचित भएका सबै तहका प्रतिनिधिहरुमा नेकपा एमालेमै फर्किन सकने अवस्था रहेपनि माधव नेपाल र झलनाथ खनाललगायतका अन्य केहीलाई भने संकटमात्र नभएर महासंकट पर्ने निश्चित जस्तै भएको छ । सांसद पद नै गुम्ने भएपछि सांसदहरु नेकपा एमालेमै फर्किने रणनीतिमा लागेका हुनाले नेपाल पक्षमा सन्नाटा छाएको छ । त्यसैले गर्दा नेपाल अरु संकटमा परेका छन् ।

footer