kumari
stcnepal

नेपालले भुटानलाई ४ विकेटले हरायो

काठमाडाैं ।मध्यक्रमकी ब्याटर सानु राजवंशीले ३० रनको अविजित पारी खेलेपछि नेपालले आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत तेस्रो खेलमा भुटानलाई ४ विकेटले पराजित गरेको छ ।

भुटानले दिएको ६७ रनको लक्ष्य नेपालले १३.१ ओभरमा ६ विकेट गुमाएर भेट्टायो । नेपालको सुरुवात खराव थियो । पहिलो ओभरमै ओपनर स्नेहा महरा खाता खोल्नै नपाई आउट भइन् । तेस्रो ओभरमा आउट भएकी अर्की ओपनर किरण कुमारी कुँवरले २ रनमात्र बनाइन् ।

तेस्रो नम्बरमा आएकी साना प्रविणले १२ रनमात्र जोडिन् । उनले १५ बलमा २ चौका प्रहार गरिन् । चौथो नम्बरमा ब्याटिङमा आएकी सानुले नेपालका लागि सर्वाधिक रन जोड्ने क्रममा ३२ बल खेलेर ५ चौका प्रहार गरिन् ।

त्यसपछिका ब्याटरहरु आश्मा पुलामी मगरले ३, कप्तान कृतिका मरासिनीले २, शृष्टी जैसीले ८ र एलिसा कुमारी यादवले अविजित २ रन बनाइन् । नेपालले अतिरिक्त ८ रन पाएको थियो ।बलिङमा भुटानकी साङ्गे वाङवोले ३ विकेट लिइन् । उनले ४ ओभरमा २२ रन खर्चिइन् । सोनम र अन्जुली घलेले १–१ विकेट लिए ।

 

footer