kumari
stcnepal

देउवालाई प्रधानमन्त्री बनाउने रणनीतिक चाल

काठमाडौ । सर्बोच्च अदालतले सत्ताधारी दल नेपाल कम्युनिष्ट पार्टीको दर्ता खारेज गरिदिएपछि नेकपा एमाले र माओवादी केन्द्रको अलग अलग अस्तित्वमा आएका छन् । माओवादी केन्द्रले प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता लिएको छैन । संघीय संसदमा माओवादी केन्द्रका ५३ सांसद भएपनि ४ जनाले माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा प्रवेश गरेका छन् । अब माओवादी केन्द्रका सांसद ४९ सांसद मात्र रहेका छन् । नेकपा भित्र पनि माधव नेपाल र झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई पदबाट हटाई छोड्ने अभिव्यक्ति दिँदै आएपनि उनीहरुले बैधानिक रुपले नेकपा एमालेलाई विभाजन गर्न सक्ने अवस्था देखिएको छैन ।

अदालतको आदेशअनुसार नेकपा एमाले र माओवादी केन्द्र अलग अलग भएपनि माओवादी केन्द्रका अध्क्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बन्न अनुनय विनय गरिरहेका छन् । दाहालले आफ्नो पार्टी र जनता समाजवादी पार्टीलाईले समेत देउवालाई समर्थन गर्ने बताइरहेका भएपनि देउवा भने अहिले हेर र बसको अवस्थामा रहेका छन् । सरकार निर्माणका लाग १ सय ३८ सांसदको आवश्यकता पर्दछ । अहिले नेपाली कांग्रेसमा ६१ माओवादी केन्द्रका ४९ र जनता समाजवादी केन्द्रका ३२ सांसद रहेका छन् । कांग्रेसको ६३ सासद भएपनि २ जना निलम्बित छन् । जनता समाजवादीका ३४ भएपनि २ जना निलम्बित भएका र माओवादीका ४ सांसदले पद त्यागेका हुनाले उसको सांसदको संख्या ५३ बाट घटेर ४९ भएको हो । यसरी यी दलको सांसदको संख्या १ सय ४२ रहेको छ त्यो संख्या सरकार निर्माणका लागि आवश्यक पर्ने भन्दा ४ मात्र बढी हो ।

देउवा प्रधानमन्त्री बनेको अवस्थामा १ महिनाभित्रमा संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ उनले संसदबाट विश्वासको मत लिन नसकेको अवस्थामा संसदको सबैभन्दा ठुलो पार्टीका नेता प्रधानमन्त्री बन्न सक्ने र उसले समेत विश्वासको मत लिन नसकेको अवस्थामा संसद विघटन हुन सक्छ । अहिले नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी रहेको छ । नेकपा एमालेका संसदमा १ सय २० सांसद रहेका छन् । नेकपा एमालेभित्र पनि विवाद रहेका र माधव नेपाल पक्षमा ३७ देखि ४० सांसद गएका भएपनि प्रधानमन्त्री ओलीसँग घटीमा ८० देखि ८८ सांसद रहन सक्ने सम्भावना भएकाले र संसद विघटन भएपनि ओलीले नै मध्यावधि निर्वाचन गराउन सक्ने भएकाले गर्दा देउवा अहिलेकै अवस्थामा प्रधानमन्त्री बन्नु भन्दा कम्युनिष्टहरु विभाजन भएको अवस्थामा निर्वाचनमा गएको अवस्थामा कांग्रेसलाई फाइदा पुग्ने भन्दै निर्वाचनकै पक्षमा देखिएका छन् । कांग्रेसको संस्थापन विरोधी पक्षले देवालाई प्रधानमन्त्री बन्न आग्रह गरिरहेका भएपनि देउवाले त्यसलाई रणनतिक चाल भन्दै आएका छन् ।

देउवा प्रधानमन्त्री भएको खण्डमा आउँदो महाधिवेशनबातट आफू पार्टी सभापति बन्ने रणनीतिक चाल पौडेल पक्षले चालेको देउवा पक्षका एक नेताले बताएका छन् । अहिलेको अवस्थामा देउवा प्रधानमन्त्री बन्नुभन्दा ताजा जनादेशको निर्णय गरेर अघि बढ्नु नै कांग्रेसको हितमा हुनेछ एक कांग्रेसी नेताले बताए । देउवा प्रधानमन्त्री बन्न चाहेपनि उनले विश्वासको मत लिन नसकेको अवस्थामा उनीमाथि अर्को आरोप लगाउने बाटो खुल्ने भएकाले पौडेल, सिटौला पक्षले उसलाई फसाउनका लागि मात्र प्रधानमन्त्री बन्न दबाब दिईरहेका सूत्रले दाबी गरेको छ । देउवाको भित्री इच्छा भनेको ताजा जनादेश नै हो । के कारण देउवाले मुख खोल्न सकेका छैनन् । उनी हेर र बसको अवस्थामा बसेका छन् ।

footer