kumari
stcnepal

आज बिहानै देखी पानी परिरहेको छ, के भन्छ त मौसम विभाग ?

काठमाडौं ।काठमाडौं उपत्यका लगायतका क्षेत्रमा बिहीवार बिहान पनि वर्षा भएको छ । बिहीवार बिहानै देखि वर्षा भएको हो । यसअघि बुधवार दिउँसो पनि पानी परेको थियो ।

वर्षाका कारण काठमाडौंका जमल, पुतलीसडक, ललितपुरको कुपण्डोल लगायतका क्षेत्र जलमग्न बनेको थियो । मौसम विभागका अनुसार, हाल नेपालको पूर्वी भूभागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भूभागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ । जसका कारण केही दिनयता वर्षा हुँदै आएको छ ।

बिहीवार प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भूभागमा आंशिक देखि सामान्य बदली रहने विभागको अनुमान छ ।प्रदेश १ , मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

 

 

 

footer