kumari
stcnepal

दाहालको आरोप प्रमाणित होला ?

काठमाडौ । अदालतले दर्ता खारेज गरिदिएको नेपाल कम्युनिष्ट पार्टी गठन गरेका तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष केपी ओली र पुष्पकमल दाहालबीचको तिक्तताकै कारण ओली नेतृत्वको सरकारले प्रतिनिधिसभा विघटन गर्ने निर्णय गरेको थियो । प्रतिनिधिसभा विघटन हुनु अघि सम्म ओलसिँग कुम जोडेर बसेका पुष्पकमल दाहालले अहिले आएर केपी ओलीमाथि गम्भीर आरोप लगाएका छन् । दाहालको भनाईमा ओलीलाई करिब २०÷२५ वर्ष अघि देखि नै विदेशीहरुले नै पालित पोषित गरेका व्यक्ति हुन् भन्ने आरोप छ । सर्बोच्च अदालतले तत्कालिन नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर गठन गरेको नेपाल कम्युनिष्ट पार्टीको गत फागुन २३ गते दर्ता खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण अघि कै अस्तित्वमा रहने निर्णय गरेपछि दाहालले ओलीमाथि त्यस्तो गम्भीर आरोप लगाएका हुन् ।

दाहालले लगाएको आरोप साँचो हो भने किन तिनै विदेशीले पालेका र पोषित गरेका व्यक्तिले नेतृत्व गरेको नेकपा एमालेसँग पार्टी एकीकरण गरे त ? दाहालले सञ्चालन गरेको १० बर्षे जनयुद्धकालमा दाहाललाई भारतकै सहयोग र समर्थन रहेको र उनी अधिकांश समय भारतमै बसेका थिए । २०६२÷६३ को राजनीतिक परिवर्तन पछि मात्र उनी नेपाल फर्किएका थिए । दुई दुई पटक प्रधानमन्त्री भईसकेका व्यक्तिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री माथि त्यस्तो गम्भीर आरोप लगाउनुको पछाडि के रहस्य लुकेको छ ? त्यस विषयमा अब दाहालले जनतालाई जानकारी दिनु आवश्यक छ ।

आफ्नो स्वार्थमा धक्का लाग्यो भनेर मुलुकको कार्यकारी प्रधानमन्त्री माथि त्यस्तो गम्भीर आरोप लगाउने व्यक्तिले त्यस्तो आरोपको प्रमाणित गर्नुपर्दछ कि पर्दैन भन्ने अहिले प्रश्न उठ्न थालेको छ । नेकपा एमाले र माओवादी केन्द्र अलग अलग अस्तित्वमा आएपछि दाहालमा एक प्रकारको बेचैन बढेको छ । त्यसमा पनि ओली नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु माओवादी केन्द्रमा नफर्किने भन्दै नेकपा एमाले मै प्रवेश गरेपछि दाहालमा छटपटी बढेको र बेतुकका आरोपहरु लगाउनमै दाहाल व्यस्त रहेको एक माओवादी केन्द्रकै नेताले बताएका छन् ।

नयाँ सरकार निर्माण गर्न कम्मर कसेर लागेका दाहालले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनिदिन अनुनय विनय गरिरहेका भएपनि देउवाले प्रधानमन्त्री बन्न नचाहेका र जनता समाजवादी पार्टीले समेत नयाँ सरकार निर्माणका लागि कुनै निर्णय गर्न नसकेको हुनाले त्यसैका बदलामा प्रधानमन्त्री माथि बेतुकका आरोपहरु लगाउन थालेको नेकपा एमालेमा एक नेताले बताएका छन् । आफू भारतमा बसेर आफ्ना कार्यकर्ताहरुलाई नेपाली जनताको हत्या गर्न आदेश दिने व्यक्ति दिने दाहाल भएका हुनाले उनी नै विदेशीको शरणमा चल्ने व्यक्ति हुन् ओली होइनन् एक नेताले बताए ।

footer