kumari
stcnepal

भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गर्यो

काठमाडौं ।अन्तर्राष्ट्रिय टी २० क्रिकेट श्रृंखलाको दोस्रो खेलमा घरेलु टोली भारतलाई दक्षिण अफ्रिकाले ४ विकेटले पराजित गरेको छ ।

आइतबार जित सँगै दक्षिण अफ्रिकाले ५ खेलको श्रृंखलामा २–० को अग्रता बनाएको छ । भारतले दिएको १४९ रनको लक्ष्य दक्षिण अफ्रिकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गरेकाे हाे । दक्षिण अफ्रिकाको जितमा हेन्रिच क्लासेनले सर्वाधिक ८१ रन बनाए । भारतका भुवनेश्वर कुमारले सर्वाधिक ४ विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १४८ रन बनायो ।  भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दक्षिण अफ्रिकाका एन्रिच नोर्कियाले २ विकेट लिए  ।एजेन्सी
footer