kumari
stcnepal

आईसीसीले नेपाल माथि लगाएका सबै प्रतिबन्ध हटायो

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले नेपाल माथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो । तर अहिले कन्ट्रोल फन्डिङ बाट पनि हटाएर सबै खालका नियन्त्रण बाट फुक्का गरेको हो ।

क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै आईसीसीले जेठ ३० गते पत्र मार्फत कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको उल्लेख गरेकाे जनाएको छ । कन्ट्रोल फन्डिङ फुकुवा सँगै नेपालले आईसीसी बाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने पनि क्यानले स्पष्ट पारेको छ ।

 

 

footer