kumari
stcnepal

बैंक अफ काठमाण्डू र ग्लोबल आईएमई बैंक बीच मर्जर सम्झौता

काठमाडौं। ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू (बीओके)बीच मर्जर सम्झौता भएको छ । बिहीबार बिहान होटल याक एण्ड यतीमा मर्जर सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका छन्।

दुबै बैंक बीच बराबरी हैसियतमा मर्जर सहमति भएको स्रोतले बतायो । मर्जरपछि नयाँ बैंकको नाममा ग्लोबल आईएमई बीओके बैंक हुने छ। नयाँ बैंकको प्रमुख कार्यकारीमा ग्लोबल आईएमईका रत्नराज बज्राचार्यले निरन्तरता पाउने सहमति भएको छ । मर्जर सँग बैंकको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्ने छ।

 

 

footer